Aadarsh-Daily

योजना तर्जुमा तथा नीति कार्यक्रम गर्न सुझाव माग्दै पोखरिया नगरपालिका

ad-4p

वीरगञ्ज । स्थानीय तहले नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्दा सात चरण पार गर्नुपर्ने प्रावधान छ । संघीयताअघि १४ चरण पार गर्नुपर्ने नीति भएपनि संघीयता कार्यान्वयन पश्चात सात चरण अनिवार्य पार गरेर नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्नुपर्ने व्यवस्था लागू भएको छ । तर, पर्सा जिल्लाका अधिनांस स्थानीय तहले त्यसलाई पालना गरेको देखिँदैन । उनीहरु हचुवाकै भरमा नीति, कार्यक्रम तथा योजना तर्जुमा गर्दै आएका छन् ।

content ad p2
content left

नीति पालना नगर्दा स्थानीय तहको सेवा प्रवाहबारे नागरिक तहमा असन्तुष्टि बढ्दै गएको छ । बस्तीस्तरको माग र आवश्यकता पहिचान गर्दै सबैको सुझाव संकलन गरेर वडा हुँदै पालिकामा आएर विभिन्न चरण पार गरेपछि नीति, कार्यक्रम तथा योजना तर्जुमालाई पूर्णता दिनुपर्नेमा त्यस्तो नभएको स्थानीयको गुनासो छ ।

यसैविच पर्साको पोखरिया नगरपालिकाले आमनागरिकको माग, आवश्यकता र गुनासोलाई सम्बोधन गर्न नीति, कार्यक्रम तथा योजनाका लागि सुझाव संकलन गर्न थालेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा योजना तर्जुमा असार १० गते भित्र नगरसभामा पेश गर्नुपर्ने भएकोले नीति, कार्यक्रम तथा योजना तयार गर्नका लागि नगरपालिकाले पोखरियावासीसँग आ-आफ्नो राय, सुझाव र सल्लाह उपलब्ध गराउन आग्रह गरेको छ ।
नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन र नागरिकमा सेवा प्रवाहप्रति सन्तुष्टि दिलाउन आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले जेठ ३० गते मङ्गलबार भित्र इमेल वा भौतिकरूपमै उपस्थित भएर लिखित रुपमा प्रशासन शाखामा राय, सुझाव र सल्लाह पेश गर्न अनुरोध गरेको हो ।

स्थानीय तहले असार १० गते भित्रै अनिवार्य नीति तथा कार्यक्रम र बजेट ल्याउनै पर्ने प्रावधान छ । सोहिअनुसार पोखरिया नगरपालिकाले आन्तरिक तयारीसँगै सुझाब संकलन पनि थालेको छ । भौतिक वा प्रविधिमार्फत नीति तथा बजेट तर्जुमामा सबैको सहभागिता सुनिश्चित तथा गुनासो सुनुवाइ गर्ने पद्धतिको विकास गर्न अन्य स्थानीय तहले पनि यस्तो अभ्यासको थालनी गर्नुपर्ने स्थानीयको माग छ ।

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily