Aadarsh-Daily

बिरगंज महानगर पालिकाको शिक्षा महा शाखाका प्रमुख अरबिन्द लाल कर्णले घुस लिएर शिक्षक नियुक्ति गरेको आरोप ।

ad-4p

बिरगंज महानगर पालिकाको शिक्षा महाशाखाका प्रमुख  अरबिन्द लाल कर्णाले घुस लिएर शिक्षक नियुक्ति गरेको वडा  अध्यक्षले आरोप लगाएका छन ।

content ad p2
content left

स्वयंसेवक शिक्षक नियुक्त गर्दा शिक्षा महाशाखाका प्रमुख  कर्णाले ७५ हजार देखि एक लाख ५० हजार सम्म रकम असुल गरेको र जस्ले नगद रकम दिन सकेन उनि सङ्ग मासिक आधा तलब दिने गरि नियुक्ति दिएको बिरगंज महानगर पालिका वडा न ५ का वडा अध्यक्ष  प्रदीप  चौरसियाले आरोप लागाएका हुन ।  अध्यक्ष चौरसियाले मेयर राजेश मान सिहले सामुदायिक  बिध्यालयहरुमा शिक्षकको कमि भएकोले  स्वयंसेवक शिक्षक नियुक्त गरेर शैक्षिक स्तरमा बिकास गर्ने योजना अनुसार  १८० जना स्वयंसेवक शिक्षक नियुक्त गर्न दरखास्त आवहान गरेकोमा शिक्षा महाशाखा प्रमुख कर्णले मेयर सिहलाइ अध्यारोमा राखेर रकम असुल गरेर नियुक्ति दिएको बताएका छन।

बिरगंज महानगर पालिकाले  नगर भित्रका आधारभुत भिध्यालयको लागि १०६ जना र माध्यामिक तहको लागि ७४ जना गरि १८० जना बिषयगत शिक्षक नियुक्त नियुक्त गर्न दरखास्त आवहान गरेको थियो । सोहि स्वयंसेवक शिक्षक नियुक्तिलाइ कर्णले कमाइ धन्दा बनाएर रकम असुल गरेको आरोप छ । तत्कालीन मेयर बिजय सराबगिको पालामा पनि शिक्षा महाशाखा प्रमुख कर्णले बिध्यालयहरुको भौतिक बिकास ,शिक्षकहरुको  नियुक्ति  सरुवा  बढुवा  गर्दा पनि ठुलो अनियमिता गरेको समाचार पटक  पटक  बिभिन्न सन्चार माध्यमा प्रकाशित भएको थियो मेयर सराबगिको संरक्षण रहेको कारण करवाहि भएको थिएन अहिले पनि बर्तमान मेयर  राजेश मान सिहलाइ पनि अध्यारोमा राखेर आफ्नो स्वर्थ पुर्ति गरिरहेका छन ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily