Aadarsh-Daily

बहुदरमाइ नगर पालिकाका स्वास्थ शाखा संयोजक मिश्रविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दर्ता ।

ad-4p
content left

बिरगंज १५ असार
पर्साको बहुदरमाइ नगर पालिकाका स्वास्थ शाखा संयोजक कौशेलेन्द्र मिश्र बिरुद्ध अख्तियार दुरुपयोग अनुशन्धान आयोगले गैरकानुनि रुपमा एक करोड ३० लाख ४५ हजार ७६० रुपिया २९ पैसा रकम आर्जन गरेको अभियोग लगाएर बिशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
२०५७ साल असार ८ गते सरकारी सेवामा प्रबेश गरेदेखि मिति २०६८ साल कार्तिक २६ गते सम्मको अबधिमा मिश्रले २ करोड ४३ लाख ९१ हजार ५६५ रुपिया ७२ पैसा खर्च तथा लगानी गरेको जसमध्य १ करोड ३० लाख ४५ हजार ७६० रुपैया २९ पैसा गैरकानुनी रुपमा आर्जन गरेको सोहि बराबरको बिगो दाबी गरि भ्रष्टाचार निवारण एन अन्तर्गत हदै सम्मको कारवाहि गर्न माग गर्दै अख्तियारले बिशेष अदालतमा मुद्दा दर्ता गरेको हो । अख्तियारले मिश्रको दुइ श्रीमती सरोज कुमारी र तुलसी कुमारी मिश्रको नममा सम्पति राखेको ले दुबै जनालाई प्रतिबादि बनाइएको पनि अख्तियारले जनाएको छ ।
सर्लाहीको बलरा नगर पालिकामा जनस्वास्थ्य निरीक्षक छैटौं तहमा सेवा प्रवेश गरेका मिश्र हाल पर्साको बहुदरमाइ नगर पालिकाको जनस्वास्थ्य निरीक्षक सातौ तहमा कार्यरत छन । सर्बजनिक पदमा बहाल रहदा स्रोत नखुलेको अकुत सम्पति आर्जन गरेको निबेदन परेपछि छानबिन गर्दा गैरकानुनी रुपले सम्पति आर्जन गरेको प्रमाणित भएकोले बिशेष अदालतमा मुद्दा दर्ता गरेको अख्तियारले जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily