Aadarsh-Daily

बीरगंज मुर्लीका ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान

ad-4p
content left

मुर्ली १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् ।

content ad p2

वीरगन्ज महानगरपालिका वडा नम्बर १२ का ३ सय १५ जना स्थानीय आज तीर्थ यात्राको लागी देवघाट प्रस्थान गरेका छन् । वीरगञ्जको पशुपतिनाथ मन्दिर र मुर्ली स्थित हरिहरनाथ मन्दिरको पहिचान र महिमा बढाउन देवघाटबाट जल ल्याएर अपर्ण गर्ने उदेश्यले स्थानियहरु त्यस्तर्फ प्रस्थान गरेका हुन् । वडा अध्यक्ष सुरेश प्रसाद गुप्ताले आफ्नो निजी खर्चमा स्थानीयहरुलाई देवघाट दर्शनका लागी जाने व्यवस्था मिलाउनु भएको हो । देवघाट जाने ईच्छा हुँदाहुँदै पनि आर्थिक अभावले कतिपय जान नपाएका स्थानीयलाई आफुले धार्मिक स्थल देवघाट जाने आवश्यक सबै व्यवस्था मिलाएर पठाएको गुप्ताले बताउनुभयो । तिर्थ यात्राका लागी ८ वटा बसको व्यवस्था मिलाइएको वडा अध्यक्ष सुरेश गुप्ताले बताउनुभयो । उहाँहरु देवघाट पुगेर त्यहाँबाट जल लिएर आजै वीरगन्ज फर्किनुहुने तालिका रहेको गुप्ताले बताउनुभयो । देवघाटबाट जलबोझी काँवरिया लिएर आउने तिर्थालुहरुलाई आज वीरगन्जमै बासको व्यवस्था मिलाइएको र भोली साउने सोमबारको दिन पहिले वीरगन्जको चिनिमिल आवासक्षेत्र स्थित पशुपतिनाथ मन्दिरमा जल अर्पण गर्ने र त्यसपछि वीरगन्जको मूर्ली स्थित हरिहरनाथ मन्दिरमा जल अर्पण गर्ने कार्यक्रम रहेको समाजिक युवा एकता क्लब मूर्लीका अध्यक्ष मण्डलले बताउनुभयो । अहिले साउन महिनाको पावन अवसरमा हरेक सोमबार वीरगञ्जको पशुपतिनाथ मन्दिरमा दर्शनका लागी शिवभक्तहरुको ठुलो भिड लाग्ने गरेको छ । तिर्थ यात्रामा रहेका तिर्थालुहरुले वडा अध्यक्ष गुप्ताको यस कदमको प्रसंशा गर्दै खुशी व्यक्त गरेका छन् ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily