Aadarsh-Daily

पाकिस्तानमा रेल दुर्घटना हुँदा १९ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

ad-4p

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

content ad p2
content left

४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिगबाट बाहिर गएका बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानका रेलमन्त्री साद रफिकले १९ जनाको शव भेटिएको र अरूको उद्धार तथा उपचार भइरहेको जानकारी दिनुभएको छ ।

सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुई वटा रेल आपसमा ठोकिँदा ६५ जनाकाे ज्यान गएकाे थियाे भने एक सय ५० जना घाइते भएका थिए । यस्तै सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ जना यात्रुको ज्यान गएको थियो ।

सम्बन्धित खबर

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

२९ दिनमै एसईई नतिजा सार्वजनिक, ६५.९८% विद्यार्थी ग्रेडेड

Aadarsh Daily

रास्वपाले बारा जिल्ला समिति विघटन गर्‍यो, १५ जनाको सदस्यता खारेज

Aadarsh Daily