Aadarsh-Daily

पर्सामा पनि जग्गाको कित्ताकाट खुल्यो

ad-4p

वीरगञ्ज । सरकारले जग्गाको कित्ताकाट पूर्ण रूपमा खुल्ला गरेको छ। गत वैशाखमा मन्त्रिपरिषद्ले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।

content ad p2
content left

भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने मङ्गलवार निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ‘जग्गा कित्ताकाट पूर्ण रूपमा खुलाउने गरी भू उपयोग नियमावली स्वीकृत भएको छ,’ उनले भने ।

हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ । स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ ।
सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily