Aadarsh-Daily

मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादव द्वारा मधेश विश्वविद्यालयको स्थलगत अवलोकन तथा निरीक्षण

ad-4p

वीरगञ्ज । पर्सा जिल्लाको समृद्धिका लागि मधेश विश्वविद्यालय सार्थक साबित हुने मधेश प्रदेशका शिक्षा तथा समाज कल्याण मन्त्री महेश प्रसाद यादवले विश्वास लिएका छन् । मंगलवार मधेश विश्वविद्यालयको स्थलगत अवलोकन तथा निरीक्षणका क्रममा मन्त्री यादवले मधेश विश्वविद्यालय सञ्चालनमा आएसँगै पर्सा जिल्लाको मात्रै नभएर मधेश प्रदेशले नै विकासमा फड्को मार्ने दाबी गरे ।

content ad p2

वीरगञ्जस्थित मधेश विश्वविद्यालयमा अवलोकनपश्चात मन्त्री यादवसहितको टोलीले पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ स्थित जग्गाको पनि निरीक्षण गरेको छ । स्थानीयले मधेश विश्वविद्यालयका लागि उपलब्ध गराएको ३५ विघा जग्गाको निरीक्षण गर्दै विश्वविद्यालयका सहकुलपतिसमेत रहेका यादवले जग्गा विश्वविद्यालयका लागि कुनै पनि अवरोध नगरी जग्गा उपलब्ध गराएकोमा त्याहाँका स्थानीयप्रति आभार व्यक्त गरे । उनले भने, ‘हाम्रो मधेशमा विकासका कार्यमा एक बित्ता जग्गा पनि मिचिदा विरोध हुने गरेको अवस्थामा मधेश विश्वविद्यालयका लागि उपलब्ध गराउनुभएको यति धेरै जग्गा तपाईहरुले त्याग गर्नुभयो । यो सानो त्याग हैन । त्यसको लागि तपाईहरु उदाहरण बन्नुभएको छ ।’

content left

मधेश विश्वविद्यालयसँग त्यस भेगका स्थानीयको खुशी र यस क्षेत्रका बालबालिका र युवाहरुको भविष्य जोडिएको बताउँदै उनले तिव्रताका साथ काम अघि बढाउनुपर्नेमा जोड दिए । आफ्नो मन्त्रालयको तर्फबाट हुने हर सहयोगका लागि तयार रहेको बताउँदै उनले शिक्षाको विकासले नै समृद्धी हाँसिल गर्न सकिने तर्क गरे ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति शतिस सिंहले विश्वविद्यालयको अहिलेसम्मको प्रगति सन्तोजनक रहेको बताउँदै यसलाई तिव्र गतिमा अघि बढाउनुपर्ने बताए । शैक्षिक दृष्टिकोणमा पछि परेको मधेश प्रदेशको साक्षरता दर बढाउनका लागि पनि यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै सिंहले प्राविधिक विषयहरु पनि सञ्चालन गर्नुपर्ने आवश्यक्ता औँल्याए ।

मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्यले विश्वविद्यालयको अहिलेसम्मको प्रगतिका बारेमा मन्त्री यादव लगायतको टोलीलाई अवगत गराएका थिए । यही शैक्षिक सत्रदेखि कानुन र जनप्रशासन गरी दुई वटा संकाय सञ्चालन गर्नका लागि भर्नासमेत आह्वान भइसकेको शाक्यले बताए । वीरगञ्जमा अहिले कक्षा कोठा लगायतको सञ्चालनका लागि आवश्यक तयारी भइरहेको बताउँदै उनले छिटै बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने काम सम्पन्न हुने जानकारी गराए । बहुदरमाईको जग्गामा बनाइने संरचनाको लागि डिपिआर बन्ने क्रममा रहेको पनि उनले बताए ।

सो अवसरमा त्यस क्षेत्रका स्थानीयले पनि विश्वविद्यालय निर्माणका लागि उत्साहित रहेको प्रतिक्रिया दिएका छन् । मधेश विश्वविद्यालय निर्माण भएमा गाउँको कायापलट हुने र रोजगारीको सृजना हुनुका साथै अध्ययनका लागि बाहिरिने रकम पनि आफ्नै ठाउँमा खर्च हुने भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

सोही अवसरमा जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, जनमत पार्टीकी नेतृ करिमा बेगम, स्थानीय, सञ्चारकर्मी,  सुरक्षाकर्मी लगायतको उपस्थिती रहेको मधेश विश्वविद्यालयका रजिष्टार विजय प्रसाद यादवले जानकारी दिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily