Aadarsh-Daily

कक्षा १२ काे नतिजा सार्वजनिक

ad-4p

कक्षा १२ काे नतिजा सार्वजनिक भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले आज मङ्गलवार दिउँसाे कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे हाे ।

content ad p2

यस वर्ष ५० दशमलव ९१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् । यो गएको वर्षको भन्दा तीन प्रतिशत सुधार भएको हो । राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्षदेखि ३५ प्रतिशतभन्दा कम ग्रेड ल्याउने विद्यार्थीलाई नन ग्रेड अर्थात् परीक्षामा फेल भएको मान्ने गरेको छ । प्रत्येक विषयको सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अङ्क प्राप्त गरेमात्रै विद्यार्थीले ग्रेडसिट प्राप्त गर्ने व्यवस्था रहेको छ ।
गएको वैशाख २६ गतेदेखि शुरु भई जेठ ५ गते परीक्षा सम्पन्न भएको थियो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट चार लाख ६७ हजार तीन सय ८९ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।

content left

बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए । लेटर ग्रेडिङ निर्देशिकामा संशोधन गरेर जुन विषयमा एनजी हुन्छ त्यही विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । यसअघि दुईभन्दा बढी विषयमा एनजी आए अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने बाध्यता थियो ।

यसरी हेर्न सकिन्छ नतिजा :

कक्षा १२ को परीक्षाफल बोर्डको आफ्नै वेबसाइट र नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने व्यवस्था गरिएको छ । बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ । त्यसका लागि neb लेखेर एक स्पेस दिइ आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।

सम्बन्धित खबर

एसईईमा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वमुख्यमन्त्री राउतका भतिजो मधेश विश्वविद्यालयका कर्मचारी छात्रामाथि अनैतिक सम्बन्धको आरोपमा पक्राउ

Aadarsh Daily

पर्सामा एसईई परीक्षा, २७ केन्द्रमा १० हजार बढी विद्यार्थी सहभागी हुने

Aadarsh Daily