Aadarsh-Daily

युवालाई विदेश जानबाट रोक्नु सरकारको प्रमुख प्राथमिकता बन्नुपर्छ : पूर्वअर्थमन्त्री खतिवडा

ad-4p

काठमाण्डाै – पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले भविष्यप्रति आशावादी बनाउँदै नाै लाख युवालाई विदेश जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ ।

content ad p2

बुधवार काठमाण्डाैमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा पूर्वअर्थमन्त्री खतिवडाले यस्ताे बताउनुभएकाे हाे । उहाँले युवाहरूलाई भविष्यप्रति आशा जगाएर उद्यमशीलतामा लगाउन आवश्यक रहेको बताउनुभयो । जोखिम लिएर व्यवसाय गर्ने र अरूलाई उदाहरण दिन सक्ने गरी नेतृत्व गर्नसक्ने क्षमता आफू भित्रबाट विकास गर्नु उद्यमशीलता भएको उहाँको भनाइ छ ।

content left

उहाँले भन्नुभयो, ‘युवाहरूलाई हामीले उद्यमशीलतामा कसरी जोड्न सक्छौँ भन्ने कुरा आजकाे प्रमुख प्राथमिकताकाे विषय हाे । उनीहरूलाई भविष्यको आशा कसरी जगाउन सक्छौँ । झन्डै नाै लाख युवामा कसरी आशा जगाउन सकिन्छ र कसरी उनीहरूलाई विदेश जानबाट रोक्न सकिन्छ भन्ने आजको विषय त्यो हो । उद्यमशीलता आफू भित्रबाट आउँछ । सबैमा आउँदैन । उद्यमशीलता भनेको व्यक्तिमा अन्तरनिहीत गुण हो । यो आयात गरेर वा सिकेर पनि हुँदैन ।’

पूर्वअर्थमन्त्री खतिवडाले परम्परागतरूपमा गर्दै आएको काम निरन्तरता भइरहेको नेपालमा भर्खरै उद्यमशीलताको विकास हुन थालेको बताउनुभयो । उहाँले अहिले विकास भएका उद्यमशीलता रैथाने किसिमका कम र बाहिरको सिको गरेर गर्ने धेरै रहेको उल्लेख गर्नुभयाे ।

खतिवडाले अब युवाहरूले आफ्नो क्षमताले सम्भावनाको आधारबाट उद्यमशीलता विकास गर्न आवश्यक रहेकोमा जाेड दिनुभयाे । उहाँले व्यवसाय गर्दा सानोबाट नै ठूलो हुने भन्दै युवाले गरेको ‘इनोभेशन’ अरूभन्दा फरक बन्न सक्नुपर्ने बताउनुभयो ।

 

 

सम्बन्धित खबर

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily

उपभोक्ता समिति गठनमा गडबडी, पर्यटन कार्यालयले सबै चिठी रद्द गर्‍यो

Aadarsh Daily