Aadarsh-Daily

संविधान त्रुटीपूर्ण रहेकाले संशोधन हुनुपर्छ : उपेन्द्र यादव

ad-4p

वीरगन्ज,०८ भदौं :

content ad p2

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संविधानमा अहिले पनि त्रुटि भएकोले संशोधनको आवश्यकता रहेको बताएका छन्।

शुक्रबार वीरगन्जमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै यादवले भने,‘ संविधान जारी भएको आठ वर्ष बिते पनि संघीयता संस्थागत हुन सकेको छैन ।संघीयता कार्यान्वयनका लागि ८ वर्षमा ८ वटा काुननपनि बन्न सकेन । त्यसका कारण संविधान संशोधन हुनुपर्छ ।

content left

उनले मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष बितिसक्दापनि गणतन्त्रपनि संस्थागत हुन नसकेको बताए।यादवले भने,‘ नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष भयो। तर संघीय गणतन्त्र अझै मजबुत हुन सकेको छैन। संविधान जारी भएको ८ वर्षमा पनि संघीयतालाई मजबुत गर्न सकेन। ८ वर्षमा ८ वटा कानुन पनि बन्न सकेको छैन,’ उनले भने। उनले संविधानमा धेरै त्रुटि भएकै कारण ८ वर्षमा पनि संघीयता कार्यान्वयन हुन नसकेको बताए। गणतन्त्र स्थापना भएको १५ वर्षमा १५ वटा उद्योग पनि स्थापना हुन नसकेकोप्रति दुःख व्यक्त गरे।

उनले मधेसमा प्रदेश सरकार भए पनि आफ्नै प्रहरी, प्रशासन, कर्मचारी र न्यायालय नभएको बताए। गाडी र झण्डा दिँदैमा सरकार पाए भनेर खुसी हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ।

’प्रदेश सरकार त छ। तर न प्रहरी छ, न प्रशासन छ, न कर्मचारी छ, न न्यायालय छ, न स्रोतमा अधिकार छ। अनि कस्तो सरकार हो। यो हालत छ प्रदेशको। आज पनि प्रहरी समायोजन भएको छैन। मधेस प्रदेश छ, प्रहरी अर्कैको छ। मधेस प्रदेशको प्रहरी कहिले हुन्छ? मधेसको कर्मचारी कहिले हुन्छ?,’ उनले प्रश्न गरे।

उनले मधेस आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरूपनि खतरामा रहेको बताए। संघीय गणतन्त्र स्थापनाका लागि आफूहरूको भूमिका अहम् रहेको बताउँदै उनले तर अहिले ती उपलब्धिहरू खतरामा रहेको बताए।

उनले ५३ प्रतिशत जनता रहेको मधेसलाई राज्यले उपेक्षा गरेको बताए। ’५३ प्रतिशत जनता मधेसमा छन्। तर १३ प्रतिशत बजेटमात्र मधेसलाई दिइएको छ। १३ प्रतिशतले विकास सम्भव छ?,’ उनले प्रश्न गरे। उनले नेपालको कृषि प्रणाली र शिक्षा प्रणाली एसियाकै सबैभन्दा कमजोर भएको बताए। जसका कारण युवाहरूमा बेरोजगारी बढेको उनको भनाइ छ।

 

सम्बन्धित खबर

एमालेबाट प्रदीप यादव र रिमा कुमारी यादवको उम्मेदवारी दर्ता

Aadarsh Daily

पर्सा–२ प्रतिनिधि सभा सदस्यमा एमालेद्वारा तीन उम्मेदवार सिफारिस, पूर्व मन्त्री राजकुमार गुप्ता प्रमुख दावेदार

Aadarsh Daily

महिला नेतृत्वमाथि राजनीतिक अपमान: बारा–३ को उम्मेदवार छनोट बहिष्कार गर्ने ज्वाला साहको घोषणा

Aadarsh Daily