Aadarsh-Daily

मधेसको विकास र समृद्धिलाई मुख्य प्राथमिकतामा राखेको छु : प्रधानममन्त्री प्रचण्ड

ad-4p

वीरगन्ज,८ भदौं : प्रधानमन्त्री पु्ष्पकमल दाहाल ’प्रचण्ड’ले मधेसको विकास र समृद्धि आफनो मुख्य ध्यान रहेको बताएका छन् ।
शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मधेस र कर्णाली प्रदेश आफनो मुख्य प्राथमिकतामा रहेको बताएका हुन् ।

content ad p2

उनले भने,‘ मधेस र कर्णाली प्रदेशको विकास र समृद्धि बिना नेपाल समृद्ध हुन सक्दैन ।त्यसका कारण यो कार्यकालमै यी दुई प्रदेश समृद्ध र विकसित बनाउने मेरो सोच छ ।

उनले आफ्नो नेतृत्वमा सरकार बनेदेखि सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम भएको दावी गरे ।यिनै विषय नै सरकारको मुख्य एजेण्डा रहेकोपनि उनले बताए।

content left

प्रधानमन्त्री दाहालले नागरिकता विधेयक,मिटरब्याज पीडित, विद्युत व्यापार ,नक्कली भुटानी शरणार्थी प्रकरण,सुन तस्करी,ललिता निवास प्रकरण, सीमानाकालगायत विभिन्न जनसरोकारका विषयमा उल्लेखनीय काम भएको जिकिरे गरे।

उनले जति राम्रो काम गर्दा पनि आफूले जस नपाउने गरेको समेत बताए। समृद्धिका निम्ति केही ठोस काम सुरू गरिए पनि सरकारले गरेका कामबारे भन्न मानिसहरू डराउने गरेको गुनासो पोखे । माओवादीको अथवा प्रचण्डको हाइट बढ्छ कि भनेर डराउने गरेको हो कि भन्दै प्रश्न समेत गरे। उनले भने,’सरकारले गरेका कामबारे भन्न मानिसहरू किन डराउँछन् ? म त बुझ्दिनँ। प्रचण्डको हाइट बढ्छ कि भनेर डराउने गरेको हो ?’

गठबन्धनकै नेतृत्वमा देशमा केही राम्रो काम हुने संभावना रहेको उल्लेख छ। राम्रो कामको थालनी भएकाले एकथरी मानिस आतंकित भएको उनको भनाइ छ। उनले प्रचण्ड नेतृत्वको सरकार ढाल्न गेम भइरहेको भन्दै यसमा आफू रत्तिभर नडराउने बताए।

प्रधानमन्त्री दाहालले आफू गम्भीर भएर नै तस्करीको ६० किलो सुन बरामद गर्न सफल भएको दावी गरे।

उनले जनताको पक्षमा राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि जनताकै मुद्दामा केन्द्रित रहने जिकिर गरे। ’मलाई अब राम्रो बाहेक अन्य गर्नु छैन। जीवनको उत्तरार्द्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झनेलायक काम गर्ने विचार छ, ’उनले भने,’ अब ढुक्कसँग मर्ने मात्रै रहर छ ।’प्रधानमन्त्री दाहालले मोर्चालाई अगाडि लैजान सबैको सहयोग आवश्यक रहने बताए।

 

 

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily