

वीरगन्ज । नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधान सभा मार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार बिन्दबासिनी गाउँपालिकासहित देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।
संविधान निर्माण भएर कार्यान्वयनमा आएको आज आठ वर्ष पूरा भएको छ।
नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो।
संविधान दिवसको अबसर पारेर पर्साको बिन्दबासिनी गाउँपालिकाले दिप प्रज्वलन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष ज्योति चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , शिक्षा शाखा अधिकृत कपिल लामिछाने लगायत सुरक्षा कर्मी , कर्मचारीको उपस्थिति रहेको थियो ।

