Aadarsh-Daily

वीरगन्जमा आम जनता पार्टीका नेता कार्यकर्ताले गरे संविधानकाे अन्त्येष्टि

ad-4p

वीरगन्ज,३असोज:पुर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टीका नेता कार्यकर्ताले वीरगन्जमा संविधान दिवसका दिन विराेध प्रदर्शन गर्दै संविधानकाे अन्त्येष्टि गरेका छन् ।

content ad p2

बुधबार आम जनता पार्टीको भातृ संगठन आम विद्यार्थी मोर्चाकाे आयाेजनामा वीरगन्जमा प्रदर्शन गर्दै संविधानकाे अन्त्येष्टि गरिएको हाे।

content left

उनीहरुले संविधान दिवसकै दिन संविधानको अन्त्यष्टिदेखि किसानलाई पेन्सनको व्यावस्था हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका हुन् । आम विद्यार्थी मोर्चाका इञ्चार्ज उमेश कुश्वाहाको नेतृत्वमा वीरगन्जको ओम पार्टी प्यालेसबाट शुरु भएको विरोध जुलुश वीरगन्जको बजार परिक्रमा गरी घाण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा संविधानको अन्त्यष्टि गरिएकाे थियाे । साथै किसानलाई सहुलियत दिनुपर्ने, पेन्सनको व्यावस्था गर्नुपर्ने ,गाडी भाडामा विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत हुनुपर्ने लगायतका पनि माग उनिहरुले गरेका थिए ।

प्रदर्शनमा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुशवाहा,आम विद्यार्थी मोर्चाका अध्यक्ष विवेक साह, मधेस प्रदेश ईन्चार्ज सुधीर यादव , महिला नेतृ बबिता यादव , आम जनता पार्टीका पर्सा ईन्चार्ज बाबुराम कौशीक, पर्सा सचिव विश्वराज पटेल, आईटी आर्मी पर्साका अध्यक्ष दिपेन्द्र जयसवाल, युवा नेता धुरेन्द्र कुशवाहा ,आम विद्यार्थी मोर्चा मधेस प्रदेश अध्यक्ष राकेश बैठा, आम विद्यार्थी मोर्चा मधेस प्रदेश उपाध्यक्ष उपेन्द्र साह लगायतकाे सहभागीता रहेको थियो ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily