Aadarsh-Daily

पहिलो पटक राष्ट्रपति गृह जिल्ला आउँदै रामचन्द्र पौडेल0

ad-4p

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।

content ad p2

व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

उनका अनुसार शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई राष्ट्रपति पौडेल काठमान्डौं फर्किने छन् ।

बिहान तनहुँको भानु नगरपालिका १३ स्थित मिर्लुङमा रहेको भंगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले दमौलीमा रहेको सभागृहको उद्घाटन गर्ने कार्यक्रम १ बजे तय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

content left

साथै सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको राष्ट्रपति पौडेलले अनावरण गर्नेछन् । करिब ७ सय ५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो रहेको मानिएको छ ।

रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभाहल श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाण्डौले निर्माण गरेको हो ।

करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । उक्त भवन चार ढलानको बनाइएको छ ।

भवनको भुइँ ढलानमा सवारी पार्किङ, दोस्रो तलामा स्टेज, तेस्रोमा सेमिनार हल र चौथोमा अतिथिका लागि कपडा परिवर्तन गर्ने र आराम गर्ने कक्ष रहेका छन् ।

उद्घाटन पश्चात जिल्ला सभाको बैठक बसि उक्त सभाहल सञ्चालनमा ल्याईने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily