Aadarsh-Daily

पर्सामा सबै धर्म र समुदायबिच आपसी सदभाव कायम राख्ने सर्वपक्षीय सहमति

ad-4p

वीरगन्जमा आइतबार बसेको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबिच आपसी सदभाव कायम राख्ने सहमति गरेको छ ।जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । उक्त सहमति पत्रमा राजनीतिक दल , नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतकाले हस्ताक्षर गरेका छन् ।

content ad p2
content left

बैठकमा वीरगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुरयाउने खालका धार्मिक एंव सामुदायिक प्रकारका रयाली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधी कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने सहमतिपनि गरिएको बैठकमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शीव लम्सालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्र्राफ , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , पर्साका प्रहरी उपरीक्षक कोमल शाह ,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , प्रवक्ता रमेश पाण्डे , जसपा पर्साका अध्यक्ष रामनरेश यादव , सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वरचन्द्र यादव , नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्मा, नेकपा एकिकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी , जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ , नेता शशीकपुर मियाँ , हिन्दुवादी नेता रन्जित साह , ओमप्रकाश गुप्ता , नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी , जगरनाथपुर गाँउपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ मन्सुरी लगायतको सहभागीता थियो ।

सम्बन्धित खबर

समानुपातिक सांसदसँग आज प्रधानमन्त्री शाहले अन्तरक्रिया गर्दै

Aadarsh Daily

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily