Aadarsh-Daily

सरकारले घाेषणा गरेकाे पुरस्कार रकम अहिलेसम्म आएकाे छैन तर आशावादी छाैँ : कप्तान पाैडेल

ad-4p

फाइल फाेटाे

content ad p2

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासाे गरेका छन् ।

content left

१९ ‍औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतवार काठमाण्डाैमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएकाे भनेर कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ?’

कप्तान पाैडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताएका छन् । उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए । याे प्रतियाेगिताले आईसीसी टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उहाँकाे भनाइ छ ।

 

 

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily