Aadarsh-Daily

बहुदरमाईका वडा अध्यक्षको निजि लगानीमा नेता शिव पटेल द्धारा युवाहरुलाई खेलकुद सामग्री बितरण

ad-4p
content left

बहुदरमाई नगरपालिका वडा नम्बर ५पटनीका युवाहरुलाई आज खेलकुदको सामग्री बितरण गरीएको छ । वडा नम्बर ५ वडा अध्यक्ष सुनिल कुशवाहाको निजि लगानिबाट खरिद सो सामग्री बितरण गरिएको हो । नेकपा एमालेका केन्द्रिय सल्लाहाकार समिती सदस्य शिव पटेलको बिशेष उपस्थीतीमा क्रिकेट खेलाडीहरुलाई चाहिन्ने आावश्यक क्रिकेट सामग्री बितरण गरीएको टिमका खेलाडी धिरज यादवले जनकारी दिए । कार्यक्रममा वडा अध्यक्ष कुशवाहाले खेलाडीहरुको मनोबल बढाउन र नगरपालीका कै उतकृष्ट खेलाडी बनाउने उदेश्यले आफु खेल सामग्री बितरण गरेको बताए ।

content ad p2

खेलको माध्यमबाट विश्वमा जोडिने र देशको समेत गौरव बढ्ने हुदा राज्यले खेलतर्फ बिशेष ध्यान दिन जरुरी रहेको नेता पटेलले बताएका थिए । उनले खेल मानव जीवनको महत्वपूर्ण अंग भएको र हरेक प्रकारका शारिरीक, मानसिक, मनोवैज्ञानिक र बौद्धिक स्यास्थ्यसँग खेलकुदले गहिरो सम्बन्ध राख्ने हुदा यसप्रति राज्यलाई पनि गम्भिर हुनुपर्ने बताएका थिए । उनले खेलाडीहरु माथि नगरपालिकाले गरेको बिश्वासलाई मजबुत बनाएर खेलमा उतकृष्ट प्रदर्शन देखाउन आग्रह समेत गरेका थिए । सो अवसरमा बहुदरमाई नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र यादव, नपस देवनाथ महतो, युवा नेता दिपक बर्नवाल, नगरपालिकाका रोजगार सहायक प्रमोद यादव लगायत समाजका अन्य युवा, बुद्धिजिवी एवंम समाजसेविहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily