Aadarsh-Daily

आइसीसी २०–२० क्रिकेट विश्वकप छनोटः नेपालले आज ओमानसँग खेल्दै

ad-4p

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटमा नेपालले आज ओमानसँग खेल्दैछ। त्रिवि क्रिकेट मैदानमा हुने नेपाल र ओमानबीचको खेल अहिले बिहान ९ बजे सुरु हुनेछ।

content ad p2

समूह ‘ए’ मा रहेको नेपालले आफ्नो सेमिफाइनल अघिको खेलमा ओमानसँग खेल्न लागेको हो। यसअघि दुई वटा म्याच खेलेको नेपालले दुबैमा जित हात पारिसकेको छ र सेमिफाइनलमा पुगिसकेको छ।

content left

आजको खेलमा जित हात पार्दै नेपाल समूह विजेता बन्न चाहन्छ।

आजै हुने अन्य खेलमा हङकङ र युएई, सिङ्गापुर र मलेसिया तथा बहराइन र कुवेतबीच प्रतिस्पर्धा हुनेछ।

हङकङ र युएईबीचको खेल बिहान ९ बजे मूलपानी क्रिकेट मैदानमा हुनेछ भने सिङ्गापुर र मलेसियाबीचको खेल दिउँसो १ः१५ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। यस्तै बहराइन र कुवेतबीचको खेल दिउँसो १ः १५ बजे मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ।

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई राष्ट्र आगामी सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily