Aadarsh-Daily

घडिअर्वा स्पोर्टस क्लब वीरगंजकाे दोस्रो पूर्ण बैठक सम्पन्न

ad-4p

वीरगंज । घडिअर्वा स्पोर्टस क्लब वीरगंजकाे दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । क्लबका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा वीरगंजस्थित होटल मकालुमा पूर्ण बैठक सम्पन्न भएको हो । ज्ञात तथा अज्ञात शहिदहरुप्रति मौन धारण गर्दै सुरु भएको बैठकले शिक्षा र स्वास्थ्यसँगै खेलकुद क्षेत्रको विकास र बृद्धिका लागि सक्रियता देखाउने निर्णय गरेको छ ।

content ad p2
content left

जसका लागि विभिन्न उपसमितिहरु पनि बनाइएको छ । प्रभाकर गुप्ताको संयोजकत्वमा ३ सदस्यीय खेलकुद तथा स्वास्थ्य उपसमिति गठन भएको छ । उपसमितिमा घनश्याम साह कानु र उमाशंकर साह रहेका छन् । क्लबका सचिव सन्तोष गुप्ताको संयोजकत्वमा शिक्षा उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यमा मनोहर साह र किशोरी साह कानु रहेका छन् ।

ओमप्रकाश गुप्ताको संयोजकत्वमा कार्यालय व्यवस्थापन उपसमिति बनाइएको छ । जसमा शम्भु गुप्ता र उमाशंकर साह सदस्य रहेका छन् । बैठकले आउँदै गरेको बसन्त पञ्चमी (सरस्वती पूजा) लाई भब्य रुपमा मनाउने उद्देश्यले सुदामा बर्णवालको संयोजकत्वमा सरस्वती पूजा उपसमिति बनाएको छ । पूर्ण बैठकको सहजीकरण क्लबका सचिव सन्तोष गुप्ताले गरेका थिए ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily