Aadarsh-Daily

वीरगन्ज महानगरको न्यायिक समितिले ७ वर्षमा किनारा लगायो २ सय ८१ उजुरी

ad-4p

वीरगन्ज । वीरगन्ज महानगरपालिकामा रहेको न्यायिक समितिले पछिल्लो ७ वर्षमा २ सय ८१ वटा उजुरीको किनारा लगाएको छ।महानगरपालिकाका उपमेयरको संयोजकत्वमा गठित न्यायिक समितिमा आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म दर्ता भएका ३ सय ५३ उजुरीमध्ये २ सय ८१ वटा उजुरीको किनारा लगाएको हो।

content ad p2

उपमेउर इम्तियाज आलम संयोजकत्वको टोलीले चालु आर्थिक बर्ष २०८०/८१ को पछिल्लो ८ महिनामा ४ वटा मात्र उजुरी फर्छ्यौट गरिएको न्यायिक समितिका उजुरी प्रशासक अधिवक्ता धनबहादुर थापाले जानकारी दिए।

content left

न्यायिक समितिमा चालु आर्थिक वर्षमा दर्ता भएको २३ वटा र गत आर्थिक बर्ष २०७९/८० बाट सरेर आएको ४९ वटा गरी ७२ वटा उजुरी फर्छ्यौट हुन बाँकी रहेको अधिवक्ता थापाले बताए। उनका अनुसार न्यायिक समितिले आर्थिक बर्ष २०७४/७५ मा १ सय २६ वटा, आर्थिक बर्ष २०७५/७६ मा ७७ वटा, आर्थिक बर्ष २०७६/७७ मा ५४ वटा, आर्थिक बर्ष २०७७/७८ मा ८ वटा, आर्थिक बर्ष २०७८/७९ मा ४ वटा र आर्थिक बर्ष २०७९/८० मा ४ वटा उजुरी किनारा लगाइएको थापाले बताए ।

वीरगन्ज महानगरपालिकामा आर्थिक बर्ष २०७४/७५ देखि नै न्यायिक समिति गठन भएर कार्य गर्दै आएको छ। न्यायिक समितिमा आउने उजुरीमध्ये करिब ८० प्रतिशत उजुरी जग्गा विवादसम्बन्धी नै रहेको थापाको भनाइ छ । न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माण खिचौला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडा सम्बन्धमा आउने गरेको अधिवक्ता थापाको भनाइ छ।

न्यायिक समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम न्यायिक समितिले गरिरहेको अधिवक्ता थापाले बताए।

सम्बन्धित खबर

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

Aadarsh Daily

नेशनल मेडिकल कलेजमाथिको आरोपमा निजी मेडिकल कलेज एसोसिएसनको ध्यानाकर्षण

Aadarsh Daily

पचरौतामा केराउ बरामद , परिमाणबारे फरक–फरक दाबी

Aadarsh Daily