Aadarsh-Daily

घरमा आगलागी हुदाँ जलेर एक महिलाको मृत्यु

ad-4p

जनकपुर । धनुषाको हंसपुर नगरपालिका वडा नम्बर १ स्थित बगैचाबाट सल्केर फुसको घरमा आगलागी हुदाँ जलेर एक महिलाको मृत्यु भएको छ ।

content ad p2
content left

घरबाट भाग्न नसक्दा ४५ वर्षीया खुखनी देवी कापरको जलेर मृत्यु भएको स्थानीय बलिराम कापरले जानकारी दिए । उनका अनुसार बाँस र आँपका रुखहरु रहेको बगैंचामा आगो लाग्यो । त्यो आगो गहुँको भुस राख्न बनाएको फुसको घरमा पुग्यो । त्यही घरमा खुखनी देवी थिइन् ।

आगलागीबाट घर पनि जलेको छ । घरबाट महिला भाग्न खोजेकी थिइन् तर लडेपछि भाग्न नसक्दा जलेकी थिइन् । आगलागी स्थानीय, प्रहरी र बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको थियाे ।

सम्बन्धित खबर

एमालेको राष्ट्रिय सभामा सचेतक बनिन् रोशनी मेचे

Aadarsh Daily

बहुदरमाई–८ मा रास्वपाको प्रथम वडा भेला सम्पन्न, ओम पाण्डे सर्वसम्मत सभापति चयन

Aadarsh Daily

आज मन्त्रिपरिषद् बैठक, बालेनले बोलाए सिंहदरबारमा

Aadarsh Daily