Aadarsh-Daily

हावाहुरीले घरको छानो खस्दा वीरगंजको लक्षुमनवामा एक ७ बर्षिय वालक गम्भीर घाइते

ad-4p

वीरगंज । वीरगंज महानगरपालिका वडा नं.१५ लक्षुमनवामा गए राती आएको हावाहुरीले घरको छाना टाउँकोमा खस्दा एक वालक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वीरगंज महानगरपालिका वडा नं. १५ निवासी बिष्णु यादवको ७ बर्षिय छोरा नितेश यादव रहेका छन् ।

content ad p2
content left

बुधवार राती घरमै सुती रहेको वेला स्थानिय हरिशंकर प्रसाद कुर्मीको घरमा कमसल रुमा बनाइएको सिढीघर एवं भन्सा कोठा भत्केर जस्तापाता लगाएताका समाग्री सहित यादव सुती रहेको घरको ओछयानमै खसेको थियो । आल्वेस्टरले छानो बनाइएको घरमा कुर्मीको घर माथीको सबै समाग्रीहरु छानो तोडदै ओछयानमा खसेको घाइते यादवका बुवा बिष्णु यादवले बताए । उनले छोराको टाउँकोमा गम्भीर चोट लागेको एवं बाराको परवानीपुर गाउपालिका वडा नं.५ नौतनस्थित एलएस न्युरो हस्पिटलमा उपचार भइरहेको बताए ।

हवाहुरीले आफ्नो परिवार सडकमा आएको एवं छोरा मृत्युसँग लडी रहेको बताउँदै यादवले सहयोगका लागि सबैलाई अनुरोध गरेका छन् । घाइते वालकको अवस्था गम्भीर रहेको एवं अप्रेसन गर्ने तयारी भइरहेको एलएस न्युरो अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित खबर

सन्तानको दीर्घायुको कामनासहित जितिया पर्व मनाइँदै

Aadarsh Daily

ज्यान मुद्दामा जालिम मियाँका छोरा जाफिर पक्राउ

Aadarsh Daily

सर्पदंशपछि प्रादेशिक अस्पतालबाट रेफर गरिएका युवकको मृत्यु

Aadarsh Daily