Aadarsh-Daily

वीरगंज २१ मा जनमत पार्टीकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न

ad-4p
content left

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर -२१ ताजपुरमा जनमत पार्टीकाे पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएकाे छ । वडा एकाई समितिद्वारा आयोजित कार्यक्रममा एक सय भन्दा बढीले प्रबेश गरेकाे जनमत पार्टी पर्साले जनाएकाे छ ।

स्थानीय प्रभावसाली युवा नेता प्रदिप गुप्ता (कलवार) को नेतृत्वमा दरोगा साह, सिपिन साह, रामबाबु यादव लगायत एक सय भन्दा बढीले जनमत पार्टी प्रवेश गरेका जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफले वताए । वडा एकाई कमिटीका अध्यक्ष बिष्णु कुशवाहाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ र महिला नेत्री सिमा गुप्ताले नव प्रवेसीहरुलाई टीका लगाई पार्टी प्रवेश गराएका थिए ।

कार्यक्रममा युवा दस्ताका जिल्ला संयोजक मनोज साह, युवा महानगर अध्यक्ष सन्जय सिह, उपाध्यक्ष संजय साह, सचीव लोकेष कर्ण, कोषाध्यक्ष सिकेन्द्र राम, युवा नेताहरू महादेव शर्मा, राहुल सरार्फ लगायतको उपस्तिथि रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

पोखरिया नगरपालिकामा तलबको सकस, महिनौँदेखि कर्मचारीको हात रित्तै

Aadarsh Daily

चक्रवातको प्रभावले भारी वर्षाको सम्भावना, पर्सामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

Aadarsh Daily

एनपीएलमा लुम्बिनीको धमाका, सुदूरपश्चिम ७ विकेटले पराजित

Aadarsh Daily