Aadarsh-Daily

वीरगंजका शिक्षक बाबूनन्द पटेल पकाउ 

ad-4p

वीरगंज — वीरगंज महानगरपालिकाका शिक्षक बाबूनन्द पटेल एक विद्यार्थीलाई अनुचित रूपमा परीक्षा पास गराउने प्रयासमा रंगेहात पक्राउ परेका छन्।

content ad p2

घटना वीरगंजको पिपरा स्थित नरसिंह माध्यमिक विद्यालयमा भएको हो, जहाँ बैचलर चौथो वर्षको परीक्षा चलिरहेको थियो।

प्रहरीका अनुसार, परीक्षा सम्पन्न भइसकेपछि शिक्षक पटेलले विद्यार्थी संतोष यादव को खाली उत्तरपुस्तिकामा आफैं टिक लगाएर पास गराउने प्रयास गरेका थिए।
अवैध हस्तक्षेपकै क्रममा प्रहरी परिचालन भई उनलाई रंगेहात पक्राउ गरिएको हो।

content left

जिल्ला प्रहरी कार्यालय, पर्साका एसपी डी.पी. मिश्र ले घटनाको पुष्टि गर्दै शिक्षकविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो।

यसैबीच, परीक्षाको दुरुपयोगमा संलग्न रहेको आरोपमा विद्यार्थी संतोष यादवलाई परीक्षा प्रणालीबाट निष्कासित गरिएको विद्यालय प्रशासनले जनाएको छ।

सन्देश:

शिक्षक जस्तो संवेदनशील पदमा बसेका व्यक्तिबाट हुने यस्तो कार्यले शैक्षिक मर्यादा माथि गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायहरूले यस्ता गतिविधिमाथि कडा निगरानी आवश्यक रहेको देखिन्छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily