Aadarsh-Daily

गर्मी बढेसँगै बारामा सर्पदंशका बिरामी बढे

ad-4p

तराईमा गर्मीको चाप तीव्र भएपछि बारामा सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ। प्रादेशिक अस्पताल, कलैयाका अनुसार हाल दैनिक ५–१० जना सर्पदंशका बिरामी उपचारका लागि आइरहेका छन्।

content ad p2
content left

अस्पताल प्रमुख डा. अजय कुमार गुप्ताका अनुसार सर्पहरू गर्मीमा दुलोबाट निस्कने हुँदा घटनामा वृद्धि हुने गरेको हो। चैतमा ४० र बैशाखमा ६४ जना सर्पदंश पीडित दर्ता भएका थिए। जेठको पहिलो १५ दिनमै ४९ जना बिरामी पुगेका छन्।

विशेषज्ञहरू सर्पदंशबाट बच्न साँझपख खुट्टा नखोलेर हिँड्न, झारपात सफा राख्न र झारफारको भर नपरी स्वास्थ्य केन्द्र जान सुझाव दिन्छन्।

स्थानीय तह र स्वास्थ्य संस्थाले जनचेतनामूलक कार्यक्रम चलाउनु जरुरी देखिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily