Aadarsh-Daily

नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसमा नारायणी अस्पतालमा फलफूल वितरण

ad-4p

बिरगंज — नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा पर्सा शाखाले नारायणी अस्पतालमा भर्ना भएका २०० भन्दा बढी बिरामीलाई फलफूल वितरण गरेको छ।

content ad p2
content left

प्रेस युनियन पर्साका अध्यक्ष विजय महतोका अनुसार प्रसूति, मेडिसिन, आइसियु, सिसियु, पोष्टअप, सर्जिकल लगायतका वार्डमा बिरामीलाई फलफूल वितरण गरिएको हो।

कार्यक्रममा बिरगंज महानगरपालिका उप–प्रमुख इम्तियाज आलम प्रमुख अतिथि तथा कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

उप–प्रमुख आलमले बिरामीहरूको अवस्था बुझी समस्या समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन पनि दिएका थिए। कार्यक्रममा प्रेस युनियनका केन्द्रीय सदस्य श्रीराम रायमाझी, पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, तथा वरिष्ठ चिकित्सक डा. उदनारायण सिंहको पनि उपस्थिति थियो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily