Aadarsh-Daily

सिर्सिया नदी संरक्षणबारे वीरगञ्जमा सरोकारवाला छलफल सम्पन्न

ad-4p

सिर्सिया नदीको प्रदूषण नियन्त्रण र संरक्षणबारे वीरगञ्जमा सरोकारवाला निकायबीच विशेष अन्तर्क्रिया सम्पन्न भएको छ। उद्योग विभाग पर्साको आयोजनामा होटल भिस्वामा आयोजित कार्यक्रममा विभागका महानिर्देशक सुशील साह अध्यक्ष थिए।

content ad p2
content left

कार्यक्रममा वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंह, पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता थियो।

छलफलमा नदीको जल गुणस्तरमा आएको गिरावट, औद्योगिक फोहोर, अतिक्रमण र फोहोर व्यवस्थापन चुनौतीबारे गम्भीर बहस भएको थियो। सहभागीहरूले ठोस नीति, निगरानी संयन्त्र, जनचेतना र दीर्घकालीन कार्ययोजना आवश्यक रहेको बताए।

कार्यक्रममा नदी संरक्षणलाई अभियानका रूपमा अघि बढाउने प्रस्ताव समेत प्रस्तुत गरिएको थियो। समन्वित प्रयासबाट मात्र सिर्सिया नदीको दीर्घकालीन सरसफाइ सम्भव हुने निष्कर्ष निकालिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily