Aadarsh-Daily

सर्लाहीमा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा ५ जना घाइते

ad-4p

सर्लाहीमा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा दुई नेपाली सेनासहित ५ जना घाइते भएका छन् ।

content ad p2

सोमबार सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ र १३ को सिमानामा बाँकेस्थित रेल्वे ट्र्याक नजिक प्र.०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको जिप एकआपसमा ठोकिँएर दुर्घटना भएको हो ।

दुर्घटना पश्चात दुवै गाडीमा आगलागी भएको छ । मोटरसाइकल पूर्णरूपमा जलेको छ भने जिपको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ ।

content left

दुर्घटनामा परी घाइते हुनेहरूमा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका-१५ बस्ने २३ वर्षीय चन्द्रदेव धामी, पछाडि सवार स्थानीय २२ वर्षीय प्रशेस चौधरी र सोही मोटरसाइकलमा पछाडि सवार स्थानीय २१ वर्षीय अमित चौधरी छन् ।

चन्द्रदेव भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही हुन् । दुर्घटना पश्चात भएको आगलागीमा ८५ प्रतिशत भाग जलेर चन्द्रदेव धामीको अवस्था भने गम्भीर रहेको छ ।

अर्का घाइते २२ वर्षीय प्रशेस हाल मध्य पश्चिम पृतना बुटवलमा काजमा कार्यरत छन् ।

यस्तै जिप चालक हरिवन नगरपालिका-३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन-२ का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएका छन् ।

घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily