Aadarsh-Daily

मधेश प्रदेश सरकारको बजेट विपक्षीको बहिष्कारबीच पारित

ad-4p

मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रदेशसभामा विपक्षी दलहरूको बहिष्कारका बीच पारित गरिएको छ।

content ad p2

बिहीबार बसेको प्रदेशसभा बैठकमा विपक्षी दलका सांसद अनुपस्थित रहे पनि सत्तारूढ दलहरूको बहुमतले विनियोजन विधेयक पारित गरिएको हो। सभामुख रामचन्द्र मण्डलले बहुमतका आधारमा बजेट पारित भएको घोषणा गर्नुभयो।

content left

विपक्षी दलले बजेटसम्बन्धी रेडबुकमा गंभीर त्रुटि रहेको भन्दै असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका थिए। उनीहरूले सांसदलाई उपलब्ध गराइएको रेडबुक र अर्थ मन्त्रालयले कार्यदललाई दिएको प्रतिवेदनबीच २९४ पानाको फरक रहेको दाबी गरेका छन्।

सरकारले आर्थिक अपराध गरेको आरोप लगाउँदै विपक्षी दलका सांसदहरूले बिहानको कार्यदल बैठक र त्यसपछिको प्रदेशसभा बैठक दुवैमा भाग नलिएका हुन्।

सत्तारूढ दलका सांसदहरू मात्र उपस्थित बैठकमा बिना छलफल विधेयक पारित गरिएको भन्दै विपक्षी दलहरूले बजेट प्रक्रिया प्रति प्रश्न उठाएका छन्। विपक्षीहरूको अनुपस्थितिमा पारित बजेटले आगामी दिनमा प्रदेशसभामा राजनीतिक तनाव बढ्न सक्ने संकेत देखिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily