Aadarsh-Daily

बाराको सिमराबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

ad-4p

बाराको सिमरा क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार, सिमरा उपमहानगरपालिका–७ स्थित रेलवे लाइन टोलबाट कृष्णराजकुमार भनिने ३० वर्षीय सोहन कुमार कुर्मीलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।

content ad p2
content left

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिमराको टोलीले बिहीबार बिहान ८:३० बजे कुर्मीलाई चेकजाँच गर्दा उनको साथमा २.०४ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेको हो। उक्त पदार्थ डिजिटल तौलमा तौल गर्दा समेत लागुऔषध ब्राउन सुगर पुष्टि भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका कुर्मीमाथि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक विजयराज पण्डितले जानकारी दिए।

प्रहरीका अनुसार, लागुऔषध कारोबार नियन्त्रणका लागि सशक्त अभियान जारी राखिएको छ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily