Aadarsh-Daily

पर्सा–बारा क्षेत्रमा वर्षाको खुसी : किसान उत्साहित, गर्मीबाट जनजीवनमा राहत

ad-4p

पर्सा र बारामा लगातार भइरहेको वर्षाले किसानको मुहारमा खुसी ल्याएको छ भने लामो समयको गर्मी र तातो हावाबाट पीडित स्थानीयवासीले राहतको अनुभूति गरेका छन्।

content ad p2
content left

धान लगायतको मौसमी बाली रोपाइँको समयमा पानीको अभाव झेलिरहेका किसानका लागि हालको वर्षा वरदान सरह भएको छ। “यो पानीले बाली राम्रोसँग हुर्काउने आशा पलाएको छ,” पर्साका एक किसानले बताए।

गत केही सातादेखि तीव्र गर्मीका कारण स्वास्थ्य समस्या भोगिरहेका सर्वसाधारण वर्षासँगै सामान्य चिसो मौसमको अनुभूति गरिरहेका छन्। स्थानीय स्वास्थ्यकर्मीहरूले पनि तापक्रम घटेसँगै गर्मीसँग सम्बन्धित बिरामीहरूमा कमी आउने अपेक्षा व्यक्त गरेका छन्।

वर्षा जारी रहे धान, मकै तथा अन्य मौसमी बालीको उत्पादनमा वृद्धि हुने कृषिविद्हरूको अनुमान छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily