Aadarsh-Daily

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति यूएईबाट पक्राउ

ad-4p

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति संयुक्त अरब इमिरेट्स (यूएई) बाट पक्राउ परेका छन् ।

content ad p2
content left

पक्राउ पर्नेमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ घर भई काठमाण्डौको कीर्तिपुर नगरपालिका–४ गाम्चा बस्ने कलबहादुर बस्नेत रहेका छन् । एनसीबी अबुधाबी यूएईको समन्वयमा पक्राउ परेका बस्नेतलाई हिजो नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नका लागि एनसीबी काठमाण्डौको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ साल पुस ११ गते रेड नोटिस जारी भएको थियो । बस्नेतलाई कारबाहीका लागि मानव बेचबिखन ब्युरो पठाइएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily