Aadarsh-Daily

जापानिज इन्सेफ्लाइटिसबाट चितवनमा ३ जनाकाे ज्यान गयाे

ad-4p

चितवनमा जापानिज इन्सेफ्लाइटिसकाे सङ्क्रमणबाट ३ जनाकाे ज्यान गएकाे छ । जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार गएकाे साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा ९ जना सङ्क्रमित फेला परेका थिए । तीमध्ये ३ जनाको ज्यान गएको हो ।

content ad p2
content left

भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा जापानिज इन्सेफ्लाइटिस भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ ।

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दख्ने जापानिज इन्सेफ्लाइटिसका लक्षण हुन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily