Aadarsh-Daily

वीरगञ्जमा हैजाको महामारी नियन्त्रणका लागि प्रदेश सरकारद्वारा औषधि र सामग्री उपलब्ध

ad-4p

मधेस प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगञ्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्रीहरू पठाएको छ ।

content ad p2

आइतबार स्वास्थ्य महाशाखा प्रमुख डा. विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा. चुमनलाल दासलाई ती सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

content left

मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशन र स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुघन प्रसाद सिंहको पहलमा १७ प्रकारका औषधि तथा स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरिएको जनस्वास्थ्य अधिकृत ठाकुरले जानकारी दिए ।

उनले वीरगञ्जमा हैजा रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै आवश्यक परे थप औषधि र सामग्री उपलब्ध गराउन तयार रहेको स्पष्ट पारे ।

त्यसअवसरमा स्वास्थ्य कार्यालय पर्साका निमित्त प्रमुख विनोद झाले वीरगञ्जमा दैनिक हैजा तथा झाडापखालाका बिरामी बढिरहेको बताए । उनले महामारी नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको पनि जानकारी दिए ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily