Aadarsh-Daily

प्रतिनिधिसभा बैठक बस्दै : नागरिकता विधेयकसहितका एजेन्डामा छलफल हुने

ad-4p

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ।

content ad p2

बैठकमा गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ मा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

content left

त्यसैगरी, प्रतिनिधिसभाका सचिव हर्कराज राईले जलस्रोत विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नेछन्।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

बैठकअघि सभामुखले राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने कार्यक्रम पनि रहेको छ।

यसैबीच, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आज बस्दैछ। बैठकमा समितिको आव २०८१/८२ को वार्षिक प्रतिवेदन तथा २०८२/८३ को कार्ययोजनाको मस्यौदामाथि छलफल गरिने छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily