Aadarsh-Daily

चीनको विजय दिवस आज : पुटिन र किमसहितको उपस्थितिमा सैन्य शक्ति प्रदर्शन

ad-4p

चीनले आज राजधानी बेइजिङमा दोस्रो विश्वयुद्ध समाप्त भएको ८० वर्षको अवसरमा एक विशाल सैन्य परेड आयोजना गरेको छ । परेडमा चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वका नेताहरू रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायतलाई स्वागत गर्नुभएको छ ।

content ad p2
content left

पुटिन चीनमै हुनुहुन्छ भने उत्तर कोरियाका नेता उन पनि हिजो रेलबाट चीन पुग्नुभएको थियो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ । परेडमा चीनले आफ्नो सैन्य शक्ति र भविष्यको दृष्टिकोण प्रस्तुत गरेको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अहिले भव्य परेड चलिरहेको छ । चीनले यसअघि, १० वर्ष पहिला सन् २०१५ मा पहिलो पटक भव्य परेडको आयोजना गरेको थियो । यो परेडमा चीनको सैन्य शक्तिसहित उन्नत सैन्य उपकरणहरू जस्तै ड्रोन, हाइपरसोनिक मिसाइल र फाइटर जेटहरूलगायत प्रदर्शनमा राखिएको छ ।

‘विजय दिवस’ परेडमा ४५ सैनिक टुकडी सहभागी छन् र यो झन्डै ७० मिनेटसम्म चल्नेछ । चीनका सहायक विदेश मन्त्री हङ लेईले यसअघि आयोजित पत्रकार सम्मेलनमा यो सैन्य परेडमा २६ विदेशी नेताहरूको सहभागिता रहने जानकारी दिनुभएको थियो ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily