Aadarsh-Daily

जेनाजीमाथिको दमनका विरोधमा वीरगञ्जमा आन्दोलन, कर्फ्यु आदेश जारी

ad-4p

देशभर जेनजी युवाहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन चर्काइरहेका बेला सोमबार साँझ वीरगञ्जमा पनि प्रदर्शन तीव्र भएको छ।

content ad p2
content left

घण्टाघरमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गर्दै नाराबाजी गरेका थिए। प्रदर्शनकारीले घण्टाघर, माइस्थान चोक र अन्य स्थानमा टायर बाल्दै प्रहरीसँग झडप गरेका छन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ। केही स्थानमा प्रदर्शनकारीले प्रहरी बिटमा आगजनीसमेत गरेका छन्।

तनावपूर्ण अवस्थाका बीच जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार राति ९ बजेदेखि भोलि बिहान ९ बजेसम्म वीरगञ्ज क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily