Aadarsh-Daily

नेपाली राजनीतिमा तीन महिलाको प्रभावशाली उपस्थिति: कार्की प्रधानमन्त्री, सुमना विद्रोही, भण्डारी महान्यायाधिवक्ता”

ad-4p

काठमाडौं । आइतबार अपराह्नदेखि सामाजिक सञ्जालमा तीन महिला विशेष चर्चामा परे। भ्रष्टाचारविरुद्धको जनआन्दोलनकै बीच ७३ वर्षीया पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको ४२औं तथा पहिलो महिला प्रधानमन्त्री बनेपछि उनी चर्चाको केन्द्र बनिन्।

content ad p2

सोही दिन पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ पनि चर्चामा आइन्। प्रधानमन्त्री कार्कीको शपथ समारोहमा सहभागी भएर अंकमाल गर्दै बधाई दिएको दृश्य भाइरल बनेपछि श्रेष्ठमाथि थप ध्यान गएको हो। उनले मन्त्री बन्ने चर्चा खारेज गर्दै रास्वपा छाडेको घोषणा गरेपछि राजनीतिक वृत्तमा उनको कदमलाई साहसिक मानिएको छ।

त्यसैगरी बेलुकीपख सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएपछि पहिलो महिला महान्यायाधिवक्ता बन्न सफल भइन्।

content left

सुशीला कार्की पहिले नै महाभियोग प्रस्तावमार्फत विवादमा परेकी थिइन्। उनीविरुद्ध भ्रष्टाचार मुद्दामा सत्ताधारी नेताहरूलाई कठघरामा उभ्याउने तयारीकै कारण महाभियोग दर्ता गरिएको विश्वास गरिन्छ।

यसबीच कांग्रेस, एमाले र माओवादी नेतृत्वले संसद् विघटन असंवैधानिक भएको भन्दै आक्रोश पोख्दा दलभित्रका युवा नेताहरूले सुधारको आवश्यकता औंल्याउँदै जनतालाई सन्तुलनमा ल्याउने प्रयास गरेका छन्।

रास्वपा सहमहामन्त्री र पूर्वमन्त्रीसमेत रहेकी सुमना श्रेष्ठले नेतृत्वको गल्ती सहन नसकी पार्टी परित्याग गरेको बताएकी छिन्। उनले अन्य दलका परिवर्तनपक्षधर नेताहरूलाई पनि यथास्थितिवादी नेतृत्वविरुद्ध उभिन आह्वान गरेकी छन्।

विश्लेषकहरूका अनुसार सुमनाको विद्रोह केवल व्यक्तिगत निर्णय मात्र नभई दलभित्र विद्यमान असन्तुष्टिको प्रतिविम्ब हो। सभापति रवि लामिछानेले समेत उनको निर्णयलाई सहज रूपमा लिएर लोकतान्त्रिक चरित्र देखाएको भन्दै सराहना पाएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily