Aadarsh-Daily

वीरगञ्जमा जेन–जी आन्दोलनको नाममा आपराधिक गतिविधि भएको नगर परिषद्को ठहर

ad-4p

वीरगञ्ज महानगरपालिकाको नगर परिषद्ले जेन–जी आन्दोलनका नाममा हालै भएका प्रदर्शनमा आपराधिक गतिविधि घुसपैठमार्फत भएको ठहर गरेको छ ।

content ad p2

नगर परिषद्को बैठकपछि प्रमुख प्रशासकीय अधिकृत प्रेमकुमार कर्णले आन्दोलन हिंसात्मक मोड लिँदा सार्वजनिक सम्पत्ति नष्ट हुनुका साथै आपराधिक समूह सक्रिय रहेको प्रमाण फेला परेको बताए । उनका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगर परिषद्ले गरेको छ ।

content left

गत सातादेखि जारी आन्दोलनमा महानगर प्रमुख राजेशमान सिंहको निवाससहित विभिन्न सार्वजनिक सम्पत्तिमा आगजनी भएको थियो । आगलागीबाट कार्यालयका कागजात, फर्निचर र कम्प्युटरलगायतका सामग्री जलेर नष्ट भएका छन् ।

यता, प्रहरी प्रशासनले तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचानका लागि सिसिटिभी फुटेज र प्रत्यक्षदर्शीका बयान सङ्कलन गरिरहेको जनाएको छ ।

बैठकले असामान्य परिस्थिति भए पनि वीरगञ्जलाई पुनः सामान्य अवस्थामा ल्याउन र जनताका सेवामा अविच्छिन्न रूपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily