Aadarsh-Daily

आज देशभर शोक बिदा

ad-4p

सरकारले ‘जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाउन देशभर सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमवारको निर्णयअनुसार आज असोज १ गतेलाई सार्वजनिक बिदा घोषणा गरिएको हो ।

content ad p2
content left

सरकारी कार्यालय, विदेशमा रहेका नेपाली दूतावास र नियोगमा सार्वजनिक बिदा दिने र राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्बाट निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

जेन–जीको आन्दोलनमा ज्यान गुमाएकाहरूको हिजो शवयात्रासहित अन्त्येष्टि गरिएको छ । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको थियो । तीमध्ये छ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने चार जनाको सम्मानसहित पशुपतिमा अन्त्येष्टि गरियो ।

गएको २३ र २४ गते भएको आन्दोलनका मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७३ जना पुगेको छ । जसमध्ये प्रहरीतर्फ तीन जनाले ज्यान गुमाएका नेपाल प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily