Aadarsh-Daily

गाजामा युद्धविराम प्रस्तावमा अमेरिकाको भिटो, विश्वव्यापी आलोचना

ad-4p

इजरायलले गाजा सहरमा सैन्य आक्रमण तीव्र पारेकै बेला संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गाजामा तत्काल र स्थायी युद्धविरामको आह्वान गर्ने प्रस्ताव अमेरिकाले भिटो गरी अवरुद्ध गरेको छ।

content ad p2

परिषद्को १५ सदस्य राष्ट्रमध्ये १४ देशले प्रस्तावको समर्थन गरे पनि अमेरिका एक्लै विपक्षमा उभिएपछि प्रस्ताव पारित हुन सकेन। यो मतदान संयुक्त राष्ट्रसङ्घको स्थापनाको ८०औँ वार्षिकोत्सवकै दिन भएको विशेष महत्वका साथ हेरिएको छ।

content left

१० निर्वाचित सदस्य राष्ट्रले पेश गरेको उक्त मस्यौदामा “गाजामा तत्काल, बिना शर्त र स्थायी युद्धविराम लागू गर्नुपर्ने, हमास र अन्य समूहले राखेका सबै बन्धकहरूलाई रिहा गर्नुपर्ने, र मानवीय सहायतामाथि लगाइएका प्रतिबन्ध हटाउनुपर्ने” उल्लेख गरिएको थियो।

अमेरिकाले आफ्नो भिटोको बचाउ गर्दै मध्यपूर्वका लागि उप विशेष दूत मोर्गन ओर्टागसले यो प्रस्तावले हमासलाई फाइदा पुग्ने “झुटा कथालाई वैधानिकता दिने” दाबी गर्नुभयो।

तर अमेरिकाको कदमलाई प्यालेस्टिनी तथा अरब प्रतिनिधिहरूले कडा आलोचना गरेका छन्। उनीहरूले यसलाई “गाजामा निरन्तर हिंसा र मानवअधिकार उल्लङ्घनलाई समर्थन गर्ने निर्णय” को रूपमा व्याख्या गरेका छन्।

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily