Aadarsh-Daily

राष्ट्रपति पौडेल : सरकार गठनको उपाय नभएपछि संसद् विघटन, ६ महिनाभित्र चुनाव सम्पन्न गर्ने

ad-4p

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाबाट नयाँ सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन गर्नुपरेको स्पष्ट पार्नुभएको छ। संविधान दिवसको अवसरमा शुक्रबार शीतल निवासमा आयोजित विशेष कार्यक्रममा उहाँले यस्तो टिप्पणी गर्नुभयो।

content ad p2

राष्ट्रपति पौडेलले संसद् विघटनसँगै देश फेरि नयाँ सपनासहित परिवर्तनको नवमार्गमा प्रवेश गरेको उल्लेख गर्दै आउँदो चुनाव लोकतन्त्रलाई अझ संस्थागत गर्ने विश्वास व्यक्त गर्नुभयो।

content left

उहाँले भन्नुभयो, “अहिले बनेको अन्तरिम सरकारले राष्ट्रिय क्षतिको पुनर्निर्माण गर्दै ६ महिनाभित्र चुनाव सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ। यही सबै नेपालीको मुख्य कार्यभार हो।”

राष्ट्रपतिले राजनीतिक दल, शासन व्यवस्थासँग सम्बन्धित निकाय र बौद्धिक समुदायलाई पूर्वाग्रहविहीन समन्वय र सहकार्यका साथ चुनाव सफल बनाउन आह्वान गर्नुभयो।

जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले पीडित परिवारप्रति समवेदना पनि व्यक्त गर्नुभयो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily