Aadarsh-Daily

बारागढीमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको नव निर्मित भवन उद्घाटन तथा हस्तान्तरण

ad-4p

बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जैसवालले नव–निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्रको शनिबार एक विशेष समारोहका बीच उद्घाटन तथा हस्तान्तरण गरेका छन्।

content ad p2
content left

उक्त कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, वडा अध्यक्षहरू, जनप्रतिनिधि तथा कर्मचारीहरूको समेत उपस्थिति थियो।

उद्घाटनपछि सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जैसवालले कृषक र पशुपालकको हितलाई केन्द्रबिन्दुमा राखेर सेवा केन्द्र निर्माण गरिएको बताए। उनले भने, “हाम्रो गाउँपालिकाको आर्थिक मेरुदण्ड कृषि र पशुपालन हो। यसलाई व्यवस्थित बनाउन तथा किसानलाई सहज र प्रभावकारी सेवा पुर्‍याउन यो केन्द्र स्थापना गरिएको हो। अब किसानलाई रोग उपचार, परामर्श, बीउ, प्रविधि र औजार पाउनका लागि टाढा धाउनुपर्दैन।”

अध्यक्ष जैसवालले स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउने वातावरण बनाउन गाउँपालिका निरन्तर सक्रिय रहेको उल्लेख गर्दै कृषकको आयआर्जन वृद्धि गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily