Aadarsh-Daily

मधेस सरकारबाट कांग्रेस बाहिरियो, समर्थन फिर्ता

ad-4p

मधेस प्रदेश सरकारलाई नेपाली कांग्रेसले दिएको समर्थन फिर्ता लिएको छ । आज बिहान जनकपुरमा बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री सतिस कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल प्रभावबाट फिर्ता लिने निर्णय गरेको हो ।

content ad p2
content left

कांग्रेस संसदीय दलका नेता कृष्णा यादवका अनुसार सांसदहरूको सुझावअनुसार सरकारमा नबस्ने निष्कर्ष निकालिएको र सोअनुसार समर्थन फिर्ता लिइएको हो । उनका अनुसार मन्त्रीहरूलाई पनि आजै फिर्ता बोलाउने तयारी भइरहेको छ ।

सिंह नेतृत्वको सरकारबाट कांग्रेस करिब १६ महिनापछि बाहिरिएको हो । यसअघि भदौ २८ गते जनमत पार्टीले पनि समर्थन फिर्ता लिएको थियो ।

चार दलीय गठबन्धनमा बनेको सरकारलाई हालसम्म कांग्रेस र जनमत दुबै दलले समर्थन फिर्ता लिएकाले अब एमाले र लोसपा मात्रै सहभागी रहेका छन् ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily