Aadarsh-Daily

चुनावको तयारी तीव्र, आयोग दलहरूसँग संवादमा

ad-4p

आगामी फागुन २१ गते हुने आमनिर्वाचनको तयारीलाई लिएर निर्वाचन आयोगले राजनीतिक दलहरूसँग संवाद सुरु गर्ने भएको छ । आयोगका अधिकारीहरूका अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरेलगत्तै दलका प्रतिनिधिहरूसँग छलफल गर्ने तयारी भइरहेको छ ।

content ad p2
content left

संवादमा आचारसंहिता, प्रचलित ऐनको पालना, उम्मेदवार छनोटसम्बन्धी कानुन कार्यान्वयन लगायत विषयमा आयोगले दललाई स्मरण गराउने छ भने दलहरूले व्यवहारिक कठिनाइ तथा सुझाव राख्नेछन् ।

आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदाता नामावली संकलनका लागि भोलि (शुक्रबार)देखि कात्तिक महिनाभर समय उपलब्ध हुनेछ । सो प्रक्रिया सकिएपछि मतदाता नामावली सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए ।

यसैबीच, आयोगले राष्ट्रिय सभाको निर्वाचनसमेत समयमै सम्पन्न गर्ने तयारी गरेको छ । एक आयुक्तका अनुसार आयोगलाई यसमा कुनै चुनौती छैन । उनले भने, “सात प्रदेशमा सात निर्वाचन अधिकृत तोक्ने हो, मतदाता त फिक्स्ड नै छन्, निलम्बनमा परेकाहरू र मृत्यु भएकालाई मात्र घटाउने काम हो ।”

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily