Aadarsh-Daily

जेन–जी आन्दोलनमा कारागारबाट फरार कैदी पर्सामा पक्राउ

ad-4p

जेन–जी आन्दोलनका क्रममा काठमाडौंको केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।

content ad p2
content left

पक्राउ पर्नेमा पर्सा जिल्ला कालिकामाई गाउँपालिका–५ सिमरा निवासी ४० वर्षीय मुक्तिनारायण कुर्मी रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि बहादुर बस्नेतका अनुसार कुर्मीले आफ्नै ३५ वर्षीया श्रीमती सङ्गीता देवी कुर्मीको घाँटी थिचेर हत्या गरेको अभियोगमा पर्सा जिल्ला अदालतले २५ वर्षको कैद सजाय सुनाएको थियो । उनको कैदी नम्बर ३८८८१६८ रहेको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले मङ्गलबार साँझ ७:३० बजे कुर्मीलाई आफ्नै घरबाट पक्राउ गरेको हो ।

कुर्मी गत भदौ २४ गते भएको जेन–जी आन्दोलनकै अवसरमा कारागारबाट फरार भएका थिए । फरार भएयता उनी गाउँमै लुकेर बस्दै आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily