Aadarsh-Daily

जल तथा मौसम विज्ञान विभागको चेतावनी: असोज १८–२० सम्म देशभर विशेष सतर्कता आवश्यक

ad-4p

जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० सम्म देशका विभिन्न भू–भागमा बाढी, डुबान र पहिरोको उच्च जोखिम रहेको भन्दै आम नागरिक र सम्बन्धित निकायलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

content ad p2

विभागका अनुसार, विशेषगरी वागमती प्रदेश (काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन), कोशी प्रदेश (संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ), मधेश प्रदेश (बारा, पर्सा, सर्लाही, रौतहट) र आसपासका स–साना नदीहरुमा आकस्मिक बहाव हुने सम्भावना उच्च रहेको छ।

content left

मौसम विभागले जनाएको छ कि बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्ने क्रममा नेपालमा मनसुनी वायु प्रवेश गराउनेछ। यसका कारण असोज १७ देखि २० सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ।

हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र खतरा तह नजिक पुग्ने देखिएको छ। साथै, महाभारत र चुरे क्षेत्रका स–साना नदीनालामा पनि आकस्मिक बहाव हुन सक्ने सम्भावना छ।

विभागले सबैलाई आफ्नो वेबसाइट, सामाजिक सञ्जाल, टोल–फ्री नम्बर ९११५५० र अन्य माध्यमबाट उपलब्ध गराइने अद्यावधिक पूर्वसूचनामा ध्यान दिन र आवश्यक सतर्कता अपनाउन अपिल गरेको छ। यसअन्तर्गत बाढी, डुबान, पहिरो, भू–क्षय तथा सडक र हवाई यातायात प्रभावित हुने सम्भावना रहेकोले पूर्वतयारी र आवश्यक कार्यमा सक्रिय रहन आग्रह गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily