Aadarsh-Daily

वीरगञ्जका वडाध्यक्ष रामकिशोर सिंह परागद्वारा एमाले परित्याग

ad-4p

वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष रामकिशोर सिंह परागले नेकपा (एमाले) को साधारण सदस्यतासमेत त्यागेका छन्। उनले अब कुनै राजनीतिक दलसँग आबद्ध नभई जेन–जी पुस्ताको साथमा रहने घोषणा गरेका छन्।

content ad p2

परागले बुधबार वीरगञ्ज–१० स्थित घडिअर्वा पोखरी पार्कमा आयोजित युवाको भेलामा एमालेको साधारण सदस्यबाट राजीनामा दिएको घोषणा गरे। उनले असोज ६ गते नै राजीनामा दिएको भए पनि त्यसबारे सार्वजनिक नभएको बताएका छन्।

content left

‘सुशासन र परिवर्तनको चाहना राख्ने पुस्ताको मागलाई एमाले नेतृत्वले बेवास्ता गरेकाले यस्तो पार्टीमा रहन नसक्ने निर्णय गरेको हुँ,’ परागले भने।

यसअघि परागले वीरगञ्ज महानगर कमिटीको उपाध्यक्ष पदबाट पनि राजीनामा दिएका थिए।

यता नेकपा (एमाले) पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माले भने परागको राजीनामाबारे आधिकारिक जानकारी प्राप्त नभएको बताए। ‘लिखित रूपमा राजीनामा आएको छैन,’ उनले भने, ‘आएपछि मात्र औपचारिक निर्णय हुनेछ।’

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily