Aadarsh-Daily

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

ad-4p

नेकपा (एमाले) ले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको बैठकपछि एमालेले अबको सहकार्य सम्भव नरहेको भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको हो।

content ad p2

एमालेका नेताका अनुसार मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको र सुशासन, विकास र राजनीतिक नैतिकता गुमाएको कारण समर्थन फिर्ता लिनु परेको हो।
‘सरकार जनताको अपेक्षाअनुसार चल्न सकेन, त्यसैले हामीले समर्थन फिर्ता लिएका हौँ,’ एमालेका एक नेताले बताए।

content left

एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अहिले अल्पमतमा परेको छ। यसअघि नै नेपाली कांग्रेसले पनि सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

स्रोतका अनुसार एमाले नयाँ सत्ता समीकरण बनाउन सक्रिय छ। यसका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र स्वतन्त्र सांसदहरूसँग छलफल भइरहेको बताइएको छ।
‘प्रदेशमा स्थायित्व र सुशासनका लागि नयाँ नेतृत्व आवश्यक छ,’ एमालेका एक नेताले भने।

समर्थन फिर्ता लिएसँगै मधेस प्रदेशमा सत्ता परिवर्तनको सम्भावना बलियो बनेको छ।

सम्बन्धित खबर

रिमा यादवलाई जिताउन वीरगञ्जको कुहडीमा एमालेको अगुवा भेला सम्पन्न,

Aadarsh Daily

कृषक र युवासँग संवाद गर्दै कानु, पर्सागढी–३ मा घरदैलो सम्पन्न

Aadarsh Daily

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

Aadarsh Daily