Aadarsh-Daily

डेङ्गी सङ्क्रमितको सङ्ख्या साढे ५ हजार नाघ्याे

ad-4p

नेपालमा डेङ्गी सङ्क्रमितको सङ्ख्या ५ हजार ५ सय ४२ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार ७ दिनमा मात्रै १ सय ९० नयाँ सङ्क्रमित थपिएका छन् ।

content ad p2

अहिलेसम्म ७५ जिल्लामा डेङ्गी सङ्क्रमण देखा परेको छ । पछिल्लो एक हप्तामा सबैभन्दा धेरै सङ्क्रमित बागमती प्रदेशमा ९४ जना भेटिएका छन् । लुम्बिनीमा ३९, गण्डकीमा १५, सुदूरपश्चिममा २१, कोशीमा ९, मधेशमा ४ र कर्णालीमा ८ जना नयाँ सङ्क्रमित फेला परेका महाशाखाले जनाएको छ ।

content left

सङ्क्रमितमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ३ सय ५६ जना छन् । बागमतीमा १ हजार ३ सय १४, लुम्बिनीमा ९ सय ७३, कोशीमा ७ सय ८५, सुदूरपश्चिममा ६ सय ६७, मधेशमा १ सय १९ र कर्णालीमा ३ सय २८ जना सङ्क्रमित रहेका छन् ।

गएको पुसदेखि हिजाे असोज २१ गतेसम्म डेङ्गीका कारण ३ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । डेङ्गी सङ्क्रमण बढ्दै गएपछि मन्त्रालयले लामखुट्टे नियन्त्रण र स्वच्छता अभियानलाई तीव्र पार्न आग्रह गर्दै सतर्क रहन आग्रह गरेको छ ।

डोल्पा र मनाङमा भने डेङ्गी सङ्क्रमण देखिएको छैन ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily